Home > Author > >

" पोहोर साल त्यहाँ रहेको कोटघर भत्कियो भाइ । त्यहाँ कोटघरमा तँ पुगिस् पुगिनस् कुन्नि, आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा, कसैले पूजा गर्थे पनि । पछि पूजा रोकियो । पोहोर कोटघर भत्किँदा त्यो मूर्ति पनि ढल्यो । अजम्मरी कोही रहेनछ भाइ, कोही पनि रहेनछ अजम्मरी, देवता भनेको त्यो मूर्ति पनि ढल्यो । होइन अचम्मै भएको छ यो ठाउँलाई, यहाँ बस्न चाहने कोही छैन, सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरु, घर धुवाँरिदिनेसम्म मान्छे छैन, एकएक घरहरु भत्किँदै छन्, पितापुर्खाले रोजेको यो ठाउँ, हाम्रा निम्ति जोगाड गरिछाडेका किल्लाहरु । "

, भत्किँदै किल्लाहरू [Bhatkidai Killaharu]


Image for Quotes

 quote : पोहोर साल त्यहाँ रहेको कोटघर भत्कियो भाइ । त्यहाँ कोटघरमा तँ पुगिस् पुगिनस् कुन्नि, आँगनमा मुकुट लगाएको मूर्ति थियो एउटा, कसैले पूजा गर्थे पनि । पछि पूजा रोकियो । पोहोर कोटघर भत्किँदा त्यो मूर्ति पनि ढल्यो । अजम्मरी कोही रहेनछ भाइ, कोही पनि रहेनछ अजम्मरी, देवता भनेको त्यो मूर्ति पनि ढल्यो । होइन अचम्मै भएको छ यो ठाउँलाई, यहाँ बस्न चाहने कोही छैन, सित्तैमा घर छोडेर हिँडेका छन् मान्छेहरु, घर धुवाँरिदिनेसम्म मान्छे छैन, एकएक घरहरु भत्किँदै छन्, पितापुर्खाले रोजेको यो ठाउँ, हाम्रा निम्ति जोगाड गरिछाडेका किल्लाहरु ।